हेटौंडाः कोरोना भाइरस संक्रमण पुष्टि भएका मनहरी गाउँपालिका वडा नम्बर ७ का ८४ वर्षीय एक वृद्धाको मृत्यु भएको छ । उपचारको क्रममा घरमै आज राति १ बजेको समयमा मृत्यु भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रतिले बताउनुभयो ।
वृद्धाको शव सुनाचुरी ब्यारेकबाट खटिएका सेनाले व्यवस्थापन गरेको छ । शवलाई आज विहान ११.३० बजे मनहरी गाउँपालिका ७ र ८ को बिचको सिमानामा पर्ने बेलुवाटापुमा अत्येष्टि गरिएको हो । यो सँगै मनहरी गाउँपालिकामा कोरोना कारण दुई जनाको ज्यान गएको छ ।