हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार ७२ जनाको स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेमा ८ जना महिला र ११ जना पुरुष रहेका छन् ।