सांकेतिक तस्वीर ।

हेटौंडाः चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित हेटौंडा–५ की एक गर्भवतीको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभएको छ ।

३३ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी र श्वासप्रश्वासको समस्या भएकी ती महिला ३७ हप्ताको गर्भवती थिइन् । उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । अस्पतालका स्वास्थ्यकर्मीले अथक प्रयास गर्दागर्दै पनि बचाउन नसकेको भन्दै भरतपुर अस्पतालले दुःख व्यक्त गरेको छ ।