मामाघर नेपाल सडकमै खाने, सडकमै रमाउने, सडकमै रात बिताउने बालकहरुको एउटा समूहलाई देखेर उनीहरुको संरक्षणका लागि आत्मासात गरिएको ‘मामाघर’ अवधारणा आगामी कात्तिक महिनामा १० वर्ष पूरा हुनेछ । एक दशकको अवधिमा बेसहारा बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलन समेत गर्न सकिन्छ भन्ने आशाका साथ सुरु गरिएको मामाघर नेपाल सडक बालकलाई अब्बल नागरिक बनाउन सफल भइसकेको छ । मामाघर नेपालका परिकल्पनाकार एवम् संरक्षक अर्पण पराजुलीसँग मामाघर नेपालको विषयमा समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः मामाघर नेपाल स्थापनाको १० वर्ष भएको छ । जुन परिकल्पना गरेर काम सुरु गर्नुभयो आजको स्थितिबारे संक्षिप्तमा समिक्ष गरीदिनुस् न ।
पराजुलीः मामाघर नेपाल हेटौंडा र यसका आसपासको क्षेत्रलाई सडकबालबालिकामूक्त क्षेत्र बनाउन क्रियाशील एउटा सामाजिक अभियान हो । २०६८ कार्तिक २७ गते हेटौंडामा केही युवाहरुको सक्रियतामा मामाघर नेपालले नामको एउटा सुरुवात गर्यौं । हामीले यो १० वर्षको अवधिमा बालबालिकाको उद्दार र पारिवारिक पुनस्र्थापनाको तथ्याङ्क हेर्दा १६३ जना बच्चाहरुलाई बाटोबाट उद्दार गरेका छौं । त्यो मध्ये १३१ जनालाई पारिवारिक पुर्नस्थापना गर्यौं । अहिले हामीसँग १८ जना बाबुहरु संरक्षित छन् । पारिवारिक पुनस्र्थापना गरिएका बालबलिका हुर्केर विवाह गरी बसेका छन् । विभिन्न तालिमहरु सिकेका छन् । स्वरोजगार बनेका छन् । यसलाई हामीले एउटा प्रगतिको रुपमा लिएका छौं । हामीसँग बसेका बालबालिकाहरु छन् । भुटनदेवी माविमा अहिलेसम्म पढिरहेका छन् । त्यहाँ पढाई पनि राम्रो रहेको छ । अहिले भूटनदेवी मावि कक्षा १० को प्रथम विद्यार्थी मामाघरकै बालक हो । हाम्रो संरक्षणमा रहेका ४ जना बाबुहरु हकी खेलको राष्ट्रिय खेलाडीका रुपमा छनौट भएका छन् । नृत्यमा राम्रो छ र अन्य कुरामा हामीले उनीहरुको रुचि र आवश्यकता अनुसार फ्रिज बनाउने, पङ्खा बनाउने पेन्टिङ्, वेल्डिङ् जस्ता विभिन्न तालिमहरु लिइरहेका छन् । हामीले सुरुदेखि के भनेका थियौं, यहाँ बस्ने बालबालिकाहरु भोलिका दिनमा भविष्य सुनिश्चित गर्न पाउनु पर्छ । औपचारिक र सीपका कुराहरु प्राथमिकता दियौं । हेटौंडा–११, डाङडुङेमा जग्गा प्राप्त गर्यौं । हामीले एक व्यक्ति एक ईटा अभियान लगायत विभिन्न अभियान सञ्चालन गर्यौं । यही प्राप्त भएका सहयोगबाट २१ कोठे सुविधा सम्पन्न बालमैत्री भवनमा सरेका छौं । पछिला वर्षमा हेटौंडाको सडकमा बालबालिका आउन कम भएको छ । अभिभावकहरु चेतना र स्थानीय सरकारले, स्थानीय संघसंस्था र अन्य व्यक्तित्वहरु संक्रियता र मामाघरले गरेका विभिन्न गतिविधिका कारणले बितेका वर्षमा बाटोमा प्रशस्तै मात्रा बालबालिका देखिन्थ्यो भने अहिले नयाँ बालबालिका आउने क्रम घटेको छ ।
समाजः मामाघर सञ्चालनका लागि तपाईहरुले आयस्रोत के हो ?
पराजुलीः हामीले केही युवाहरु मिलेर सडकबालकमुक्त अभियान सुरु गर्यौं । हेटौंडा र यस आसपासका क्षेत्रमा हामी क्रियाशील छौं । हामीलाई थाहा पाउने सम्पूर्ण व्यक्तिहरुले आफ्नो जन्मोत्सव, संघसंस्थाको वार्षिकोत्सव लगायतको अवसरमा दिनु भएको सहयोग नै मामाघर नेपालको मुख्य स्रोत हो । यस बाहेक त्यस्तो निश्चित स्रोत छैन । तर हामीले एउटा योजना बनाएका छौं । हामीले अहिले योजना गरेका छौं । आन्तरिक रुपमा छलफल गरेका छौं । केही एकदम नजिक रहेर मामाघरलाई सहयोग गरिरहेका व्यक्तिहरुबीच छलफल गरेका छौं । हामीले ‘खोजी ३६५ जनाको’ भन्ने अभियान चलाउने छौं । त्यो खोजी ३६५ जनाको अभियान भनेको हामीले वर्षमा १ दिन आफ्नो जन्मोत्सव, विवाह वर्षगाँठ, पीतृको श्राद्ध तथा कुनै अवसरमा एक दिन खर्च व्यहोर्ने गरी ३६५ जना खोज्न सक्यौं भने वर्षसम्म मामाघर सहजै सञ्चालन हुन सक्छ ।
समाजः स्थानीय सरकारहरुको पनि चासोको विषय हुनुपर्छ । मामाघर सुरु गर्दा हेटौंडा उपमहानगरपालिकाको सहयोग थियो । अहिले उपमहानगरसँगको तपाइहरुको सम्बन्ध र उपमहानगरले गर्ने सहयोग के छ ?
पराजुलीः मामाघर नेपालको स्थापनाको समयमा अभिभावक भनेको नै हेटौंडा उपमहानगरपालिका हो । हेटौंडा उपमहानगरपालिका स्थापनादेखि भाडाको घरमा बसुुञ्जेलसम्म घरभाडा वापतको रकम नगरपालिकाले नै उपलब्ध गराएको हो । विभिन्न अवसरमा हामीलाई अन्य समस्या परेको बेलामा हामी त्यहाँ पुग्दा दाल, चामल लत्ताकपडा लगायतका कुनै पनि समस्या पर्दा बाट सहयोग प्राप्त गरिरहेका छौं । मलाई जानकारी आएको छ । अहिले कुनैपनि सामाजिक संघसंस्थाको व्यवस्थापकीय खर्च उपलब्ध नगराइरहेको अवस्थामा यसपालि हामीले सामाजिक संस्थाको अवस्था बुझेर केही सहयोग उपलब्ध गराउने एउटा निर्णय गरेका छौं । तपाईहरुलाई आन्तरिक व्यवस्थापनको नियमित नगरपालिकाले सहयोग गर्छ भन्ने थाहा पाएका छौं । त्यसैगरी प्रदेश सरकारले यसपालि नीति तथा कार्यक्रममा सडक बालबालिकामुक्त प्रदेश बनाउने, बालमैत्री प्रदेश बनाउने र आमाबुबा नभएको बालबालिकालाई मासिक २ हजार भत्ता दिने कुरा गरेको छ । यसले विगतका समयमा भन्दा पनि पछिल्लो समयमा विभिन्न तहका सरकारले यस्ता बालबालिकाप्रति ध्यान गएको, जवाफदेहीताको भावना वृद्धि भएको महशुस गरेको छु ।
समाजः अन्य जिल्लामा पनि यो सेवा विस्तार गर्ने भनिएको थियो । मकवानपुर जिल्लाभन्दा बाहिर विस्तार हुन सकेको छैन ।
पराजुलीः हामीले के अनुभव गर्यौं भने कुनै पनि कुराको उत्पति र विकास भएर विस्तार भयो भने त्यो प्रभावकारी हुन्छ । मामाघर नेपाल हेटौंडामा उत्पति भयो । यसलाई विकास गरेर त्यसपछि विस्तारमा जानु पर्छ भन्ने योजना छ । हामीलाई धेरै ठाउँबाट स्थानीय सरकार, स्थानीय तहले त्यसैगरी विभिन्न संघसंस्थाले हामीसँग सहकार्य गरेर काम गर्ने निमन्त्रणा गर्नु भएको हो । तर हामीले पहिला हेटौंडामा राम्रो गरौं । हामीले अहिले मामाघर नेपालमा १ सय जना बच्चालाई सजिलै राख्न सक्छौं । अब हामी यसलाई विस्तार र विकासको क्रममा लिएर जान्छौं । विभिन्न सहरहरुमा पनि पुगेर सहयोग गछौं । मामाघर नेपालले एउटा नारा नै बनाएको छ । ‘बालमैत्री घर, सडक बालबालिकामुक्त समाज, समृद्ध राष्ट्र निर्माणको मुख्य आधार ।’ प्रत्येक घर बालमैत्री हुनुपर्छ, समाज सडकबालबालिकामुक्त हुनुपर्छ । सभ्य राष्ट्र निर्माणका परिकल्पना गरिएको छ ।
समाजः १० वर्षको अनुभवमा एकदम सन्तुष्टि रह्यो भन्ने पक्ष र यत्ति महत्वपूर्ण काम गर्दा पनि दुःख लागेको पक्ष के महशुस गर्नुभयो ?
पराजुलीः बाटोमा भेटेर मामाघर नेपालले संरक्षण गरेका प्रत्येक बालबालिका एउटा पुस्तक जस्तै हुन् । उनीहरुको कुरा सुनिरहँदा एउटा चलचित्र हेरिरहेको अनुभव हुन्छ । हामीले सुरुमा काम गर्न खोज्दाखेरी कतिपयले यो भावनात्मक काम हो । यो काम सफल नै हुँदैन । सम्भव छैन भन्ने खालको कुराहरु गर्नुभयो । कतिजनाले संस्था चलाएर उसले आफ्नो जीवन व्यवस्थापन गरिरहेको होला । त्यहाँबाट के खायो, लियो भन्ने हो । जस्ता अनुमान गर्थे । त्यस्तो कुरा सुन्दाखेरी एकदम दुःख लाग्थ्यो । किनभने मामाघरबाट सम्भव भएसम्म पानी पनि नखाई पूर्णरुपमा एउटा स्वयम्सेवीको रुपमा काम गर्नुपर्छ भनेर लागिरहेका छौं । गर्व गर्ने कुरा भनेको म आफैं ३ महिना सडक बालाबलिका बनेर उनीहरुसँग बसेर इथ्नोग्राफी रिसर्चर बनेर यो संस्थातर्फ लागेको हुँ । त्यो बेलामा सडकमा विभिन्न रुपमा बालबालिकाहरु थिए । उनीहरुलाई विभिन्न उपनामले पुकारिन्थे ।
सडक बालबालिकालाई छिछि दुरदुर घृणा गरिन्थे भने आज हेटौंडा क्षेमा बालबालिकाहरुलाई देख्दा कम्तिमा भन्जा भनेर बोलाउने अवस्थाको सिर्जना भयो । सडकमा बालबालिका देख्दा लखेट्ने, घृणा गर्ने होईन मामाघरमा लिएर जानुपर्छ । सबै व्यक्ति तथा संघसंस्थाको त्यो तर्फ ध्यान आकर्षण भयो । हामीले एउटा कापी कलम लिएर सुरु गरेको अभियान एउटा करोडौं घरजग्गासहित अन्य सामग्रीसहित हामीले व्यवस्थापन गर्न सक्यौं । त्यो गर्वको कुरा हो । हामीले १० वर्ष अगाडि सडक बालबालिकामुक्त बनाउनु पर्छ भन्ने जुन अभियान सुरु गर्यौं । त्यो अभियानले सार्थकता पाउने छ । त्यो स्थानीय तह, प्रदेश र राष्ट्रमा नै त्यो कुराले सार्थकता पाउने छ । हिजो बाटोमा कवाडी टिप्दै अरुको छिछि दुरदुर सहेर हिँड्ने बालबालिकाहरुको भविष्य देखिने भएका छन् । उनीहरुको सोचाईमा धेरै परिवर्तन आएका छन् । भविष्यविहिन रहेको बालबालिकाहरु मामाघरमा बसिरहँदा भविष्य देख्ने, सोच्ने भएका छन् । मैले देखेको मुख्य परिवर्तन र उपलब्धी यही जस्तो लाग्छ ।