हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविले स्वास्थ्यका लागि खेलकुद र खेलकुदका सम्भावना विषयक अन्तक्रिया गरेको छ । अखिल नेपाल फूटबल संघ (एन्फा) का बजार तथा शिक्षा युनिटका सदस्य तथा हेटौंडा क्याम्पसका सहायक प्राध्यापक दिपेन्द्र ढकाल क्षेत्रीले कार्यक्रममा प्रशिक्षक को रुपमा सहजीकरण गर्नु भएको थियो ।

विद्यार्थीका लागि समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तरक्रिया गराउने क्रममा अनलाइनमार्फत जनप्रियको छैठौं श्रृङ्खलामा खेलकुदका विषयमा ढकालले अतिथिको भूमिका निर्वाह गर्नुभएको हो । अन्तरक्रियामा विद्यार्थीले खेल क्षेत्रका सम्भावना, खेल खेल्दा घाइते हुने विविध अवस्था र तिनको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर विद्यार्थीहरुले जिज्ञासा राखेका थिए । यस्ता खाले कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिने विद्यालयका सामाजिक शिक्षक रविन श्रेष्ठले विश्वास व्यक्त गर्नुभएको छ ।

विद्यालयले विद्यार्थीको सर्वपक्षीय विकासमा केन्द्रित रही विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जाने र सिकाइ सहजीकरणमा जोड दिने विद्यँलयका अङ्ग्रेजी माध्यमका संयोजक कैलाश धितालले बताउनुभयो । काठमाडौंबाट अन्तरक्रियामा जोडिनु भएका योग शिक्षक ओम कुमारी बञ्जारा रानाभाटले यस्ता प्रशिक्षणले विद्यार्थीको चौतर्फी विकास हुने बताउनुभयो । अन्तरक्रियामा ३० जना विद्यार्थी सहभागी थिए ।