हेटौँडा : बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा कार्यरत प्रहरी नायव निरीक्षक राजकुमार बुढाथोकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश प्रहरी कार्यालयले बुढाथोकीलाई चैत महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्दै पुरस्कृत गरेको हो ।
प्रहरी नायव निरीक्षक बुढाथोकीले प्रभावकारी प्रशिक्षण सञ्चालन गरी सक्षम तथा अनुशासित प्रहरी जनशक्ति उत्पादन गर्नुका साथै अन्य कार्यहरुमा पनि समन्वयात्मक भूमिक निर्वाह गरेकोले सर्वोत्कृष्ट घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ । आन्तरिक प्रशिक्षकको भूमिकामा रहनुभएका उहाँले प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सिप प्रदान गर्नुहुन्छ ।











