हेटौंडाः हेटौंडाका १७ जनासहित आज मकवानपुरमा २० जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका १७ जना, कैलाश गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

भदौ ६ गते र ८ गते सङ्कलन गरिएको २०० स्वाबको परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको छ भने अन्यको रिपोर्ट आउन बाँकी रहेको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो । यस्तै गएको ३ दिनमा ६४ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्दा ४८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ९ जनाको पुनः पोजेटिभ रिपोर्ट आएको छ ।