Home मुख्य समाचार हेटौंडामा आज १७ जनासहित मकवानपुर जिल्लाका २० जनामा कोरोना सङ्क्रमण पुष्टि

हेटौंडामा आज १७ जनासहित मकवानपुर जिल्लाका २० जनामा कोरोना सङ्क्रमण पुष्टि

हेटौंडाः हेटौंडाका १७ जनासहित आज मकवानपुरमा २० जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका १७ जना, कैलाश गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

भदौ ६ गते र ८ गते सङ्कलन गरिएको २०० स्वाबको परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको छ भने अन्यको रिपोर्ट आउन बाँकी रहेको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो । यस्तै गएको ३ दिनमा ६४ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्दा ४८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ९ जनाको पुनः पोजेटिभ रिपोर्ट आएको छ ।

Exit mobile version