हेटौँडा : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट डा. प्रेम प्रसाद दंगालले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा. दंगालले मनोनयन दर्ता गरेका हुन् ।
कांग्रेसको समर्थनमा उम्मेदवार बनेका डा. दंगाल अखिल नेपाल कृषक महासंघका अध्यक्ष हुन् । उनको प्रस्तावकमा विनु रायमाझी, र समर्थकमा हिदम लामा रहेका छन् ।











