Home मुख्य समाचार राष्ट्रिय सभा सदस्य निर्वाचन, एमालेका डा. दंगालको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचन, एमालेका डा. दंगालको उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु भएका डा. दंगालसहित एमालेका नेताहरु ।

हेटौँडा : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट डा. प्रेम प्रसाद दंगालले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा. दंगालले मनोनयन दर्ता गरेका हुन् ।

कांग्रेसको समर्थनमा उम्मेदवार बनेका डा. दंगाल अखिल नेपाल कृषक महासंघका अध्यक्ष हुन् । उनको प्रस्तावकमा विनु रायमाझी, र समर्थकमा हिदम लामा रहेका छन् ।

Exit mobile version