हेटौँडा : मकवानपुरको हेटौँडा–१९ स्थित जनहित सामुदायिक वनमा बेवारिसे अवस्थामा प्रहरीले गाँजा बरामद गरेको जनाएको छ । मकवानपुर प्रहरीले मंगलबार राती १० बजेर १५ मिनेटको समयमा गाँजा बरामद भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएको छ ।
प्रहरीका अनुसार ६२ किलो १६० ग्राम लागूऔषध गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा गाँजा बरामद भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले गाँजा तस्करीमा संलग्न व्यक्तिलाई भने पहिचान गर्न सकेको छैन ।











