हेटौंडा : हेटौंडा–५, पिप्लेस्थित ज्ञानोदय बालबाटिका आवासीय विद्यालयको वार्षिक खेल सप्ताह सुरु भएको छ । सोमबारदेखि वार्षिक खेल सप्ताह औपचारिकरुपमा सुरु भएको विद्यालयका प्रधानाध्यापक सन्तोष शर्माले जानकारी दिनुभयो ।
सोमबार छात्र र छात्राको छुट्टाछुट्टै भलिबल प्रतियोगिता र दौड प्रतियोगिता भएको थियो । विद्यालयले पुस ४ गतेसम्म चेस, फुटबल र म्याथ रिले दौडलगायत विविध खेल प्रतियोगिता आयोजन गर्नेछ ।
विद्यालयमा हाल ५ सय विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई रातो, हरियो, पहेँलो र सेतो गरी चार वटा हाउसमा विभाजन गरिएको छ । प्रतियोगितामा हाउसहरुका बीच प्रतिस्पर्धा गराइने प्रधानाध्यापक शर्माले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने हाउसलाई ट्रफी र खेलाडीहरुलाई मेडल वितरण गरिनेछ । विद्यालयका संस्थापक निर्देशक श्यामकुमार बानियाँको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्याब्सनको हेटौंडा उपमहानगर अध्यक्ष रामकुमार नहर्कीको प्रमुख आतिथ्य रहेको थियो ।











