हेटौँडा : हेटौँडा–४ स्थित भुवनेश्वर पशुपति मन्दिरमा शिवपूजन तथा लघु रुद्राभिषेक कार्यक्रम हुने भएको छ ।
भुवनेश्वर पशुपति मन्दिर सेवा समितिको आयोजना तथा त्रिशक्ति एकादशी संस्कृित समाज मकवानपुरको समन्वयमा हुन लागेको हो । कार्यक्रम शुक्रबार र शनिबार हुने त्रिशक्ति एकादशी संस्कृति समाजका अध्यक्ष रबिन्द्र प्रसाद सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा रुद्रीको महत्वबारे भक्तजनलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।










