हेर्टौँडा क्याम्पस ।

हेटौँडा : चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसमा स्ववियु अध्यक्ष पदका लागि अभि मैनाली, दीपक वाईबा र युवराज विकको उम्मेद्वारी दर्ता भएको छ । मैनाली अनेरास्ववियु, वाईबा अखिल क्रान्तिकारी र विक नेविसंघबाट उम्मेद्वार बनेका हुन् ।

तीन वटै संगठनले प्यानलै उम्मेदवारी दिएको छ । मैनाली वर्तमान स्ववियुका अध्यक्ष समेत हुनुहुन्छ । मैनालीको प्यानलमा सचिवमा गणेश तिमल्सिना र कोषाध्यक्षमा रञ्जिता फूयाँल रहनुभएको छ भने वाईबाको प्यानलमा सचिवमा इश्वर ढुंगेल र कोषाध्यक्षमा प्राश्ना दोङको उम्मेद्वारी दर्ता भएको छ । यस्तै विकको प्यानलमा सचिवमा रानी विक र कोषाध्यक्षमा सुरज बोलखेको उम्मेदवारी परेको छ ।

हेटौँडा क्याम्पसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछ भने ७ जना समानुपातिक सूचिबाट निर्वाचित हुनेछन् । स्नातक तहमा वाणिज्य, मानविकी र शिक्षाशाास्त्र संकायमा पठनपाठन हुने हेटौँडा क्याम्पसमा स्नात्तकोत्तर तहमा शिक्षाशास्त्र संकायमा पठनपाठन हुने गरेको छ । स्ववियु निर्वाचनमा ६ सय ८५ जना मतदाता रहेको हेटौँडा क्याम्पसका सहायक क्याम्पस प्रमुख एवम् निर्वाचन समितिका सदस्य सचिव मनोज पोखरेलले जानकारी दिनुभएको छ ।