सांकेतिक तस्वीर ।

हेटौँडा : नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७, थानाभन्ज्याङमा गोरेटो बाटोमा लडेर घाइते भएका पुरुषकोे उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय गोपि बिक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा गोपि गुरुङ गाँउबाट घर फर्किने क्रममा गोरेटो बाटोमा लड्दा गम्भिर घाइते भएका थिए । घाइते गोपिलाई उपचारका लागि काठमाण्डौ ट्रमासेन्टर लगिएकोमा उपचारको क्रममा सोमबार दिउँसो ३ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।