हेटौंडा : हेटौंडा–९ स्थित दिव्यज्योति आधारभूत विद्यालय (आवि)को प्रधानाध्यापक (प्रअ)मा पुरुषोत्तम आचार्य नियुक्त हुनुभएको छ । हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयबाट सरुवा भएर गएका आचार्य दिव्यज्योतिको प्रअमा नियुक्त हुनुभएको हो ।
स्नातकोत्तर उत्तीर्ण गर्नुभएका आचार्यले विद्यालय र विद्यार्थीको हकहितका लागि कार्य गर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफलपश्चात् आफू योजनासहित अगाडि बढ्ने उहाँको भनाइ छ । आचार्य प्राथमिक तहको स्थायी शिक्षक हुनुहुन्छ ।