लघुकथाकार किशन पौडेल ।

हेटौँडा : लघुकथा समाज नेपालले बाटुली–खिलध्वज लघुकथा पुरस्कार–२०८१ मकवानपुरका लघुकथाकार किशन पौडेललाई प्रदान गर्ने भएको छ । लघुकथा चौतारी मकवानपुरका संयोजक एवम् मातृभूमि साहित्य समाज हेटौँडाका सचिव पौडेललाई २१ हजार राशीको पुरस्कार प्रदान गर्न लागेको हो ।

लघुकथा समाज नेपालको बिहीबार बसेको कार्यसमितिको बैठकले पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । लघुकथाकार किशन पौडेलका लघुकथा संग्रह ‘खुसी’ र हिन्दी भाषामा अनूदित लघुकथा संग्रह ‘अन्तर्दृष्टि’ प्रकाशित छन् । पौडेलको गजल संग्रह ‘कहर’ पनि प्रकाशित छ ।