लागूऔषध गाँजासहित पक्राउ परेका राज कपुर महतो ।

हेटौँडा ः मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार साँझको समयमा खटिएको प्रहरी टोलिले मनहरी गाउँपालिका–८, स्थित मनहरी खोला बगरबाट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका–४, हरपुरका ३३ वर्षीय राज कपुर महतोलाई शंका लागि सुरक्षा जाँच गर्दा लागूऔषध गाँजा बरामद गरेको थियो । महतोको साथबाट प्रहरीले ५ किलो १० ग्राम लागुऔषध गाँजा बरामद गरेको जनाएको छ । लागूऔषध गाँजासहित महतोलाई नियन्त्रणमा लिई ५ दिन म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।