हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–३, कुन्डोलमा बस सडकबाट खस्दा बसमा सवार एक जना पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान ५ बजेर ४० मिनेटको समयमा धादिङबाट बिबाहाको जन्ति पुराएर फर्कने क्रममा ना ४ ख ८८१७ बस ट्रनिङमा व्याक गर्ने क्रममा सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा तेमाल गाउँपालिका–१, का ५० वर्षीय राम सिङ तामाङको घटना स्थलमा मृत्यु भएको थियो भने चालक बागमति गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भिर घाईते भएका थिए । घाइते ब्लोनलाई उपचारका लागि धुलीखेल अस्पताल लगिएको छ ।