अभिभावक दिवसको अवसरमा स्वागत गर्दै विद्यार्थीहरु ।

हेटौंडा : हटौंडा–६ स्थित प्रज्ज्वल शिक्षा सदन इङ्लिस स्कूलको ३५ औं अभिभावक दिवस सम्पन्न भएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुद आयोजना गरी वार्षिक उतसव सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापक समितिका अध्यक्ष शम्भु रिमालको सभाध्यक्ष तथा वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हो । सो अवसरमा बालबालिकालाई सफा पोशाक लगाएर विद्यालय पठाउने एक अभिभावकलाई सम्मान गरिएको छ ।

विद्यालयलाई २ हजार लिटरको पानी ट्याङ्की सहयोग गर्ने राजदेव बानियाँ र स्टिलको १ हजार लिटरको पानी ट्याङ्की सहयोग गर्ने श्याम बानियाँलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । विद्यालयको सभाहलका लागि कार्पेट सहयोग गर्नुहुने अजित थापालाई पनि सम्मान गरिएको छ ।

नियमित शुल्क बुझाउने अभिभावकलाई पनि सम्मान गरिएको छ । अभिभावकतर्फको म्युजिकल दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई सम्मान गरिएको थियो । विद्यालयमा सबैभन्दा धेरै अवधिदेखि सेवा गर्दै आउनु भएकी लक्ष्मी तिमल्सिनालाई नगद ५ हजारसहित सम्मान गरिएको छ । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा हाल १ सय ३७ जना विद्यार्थी अध्यनरत छन् । यो सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालय हो ।