हेटौँडा ः हेटौँडा–८, कमानेस्थित कालिकामाई टोल विकास संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौँडा–८, निमचोकमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । यसैगरी आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।