हेटौँडा ः स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले स्नातक तह प्रथम वर्षलाई स्वागत तथा स्नातक तह चौंथो वर्षका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको आयोजना गरेको छ । सोमबार स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष रोजन घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री मोक्तानले क्याम्पसका प्रमुखको हस्तक्षरसहित विद्यार्थी कता पलायन भइरहेको बताउनुभयो । उक्त विषयमा छलफल र बहस विषय बनेको उहाँको भनाई छ । युवालाई देशभित्रै सहज रुपमा बस्ने वातावरण निर्माण गर्नु सबैको दायित्व रहेको जानकारी दिनुभयो । अरुलाई दोषरोपणभन्दा आफू सक्षम भनेर देश विकास लाग्नुपर्ने र विदेश पलायन भएर देश विकास भएन भन्नु नैतिकता नदिने उहाँको तर्क रहेको छ ।
यसैगरी मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्रमुख संगम चौलागाईँले मकवानपुर बहुमुखी क्याम्पसलाई विश्व विद्यालय बनाउने योजना अगाडि बढिसकेको जानकारी दिनुभयो । क्याम्पसमा सिकेका ज्ञान, सिप र क्षमतालाई उपयोग गर्न क्याम्पसले उद्यमशिल सम्बन्धी कार्यक्रम गरिरहेकोले उक्त कार्यक्रममा जोड्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुर बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष विकेश शाक्य, स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनाली, मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष कुमार केसी लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।