हेटौँडा: मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। हेटौँडा–२ स्थित पल्पसा सदनमा शनिबार (आज) बिहान ८ बजेबाट मतदान सुरु भएको हो ।
मतदानको अवधि दिउँसो ४ बजेसम्म रहेको निर्वाचन अधिकृत ईश्वर राज ढकालले जानकारी दिनुभयो ।
निर्वाचनमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष प्रमोद सिं रानाभाटले अध्यक्ष पदमा प्रतिस्पर्धारत छन् । उनीहरु प्यानल सहित चुनावी अभियानमा उत्रिएका हुन् । निर्वाचनमा महासचिव पदमा विकेशलाल श्रेष्ठ र प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाई) र तेजराज अधिकारी, सहकोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डे चुनावमा होमिएका छन् ।
त्यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुली, सदस्यहरुमा भने राजेन्द्र लामिछाने (राजेश), रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, राजदेव बनियाँ, यज्ञबहादुर राय र होमनाथ खनाल (रोशन) को प्रतिस्पर्धा रहनेछ ।
त्यस्तै, उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेती र रवीन्द्रप्रसाद घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला, जगदिश दाहाल, दीपक शिवाकोटी र भुपेन्द्रप्रसाद अधिकारी, महिला आरक्षणतर्फ मेनका श्रेष्ठ र सीतादेवी भेटवाल प्रतिस्पर्धामा उत्रेका छन् ।
यसैगरी एशोसियटतर्फको उपाध्यक्षमा विष्णु खनाल र उज्वल चौलागाई, दुई सदस्यका लागि अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीबीच प्रतिस्पर्धा रहने जनाइएको छ । वस्तुगततर्फको उपाध्यक्षमा भने प्रदीप अर्याल र काव्यमणि अधिकारी चुनावी मैदानमा रहेका छन् ।
सचिवमा भने राजाराम कार्की र नेत्रप्रसाद खतिवडाबीच र एक सदस्यका लागि भने कृष्णप्रसाद अर्याल, गोविन्द चौलागाई, राजु नेपाल र शम्भु पुडासैनीबीच प्रतिस्पर्धा रहनेछ ।
यसअघि नै रानाभाट प्यानलबाट ६ जना निर्विरोध भइसकेका छन् भने अग्रवाल प्यानलबाट एक जना निर्विरोध भएका छन् । रानाभाटबाट उद्योग सचिव रुपकराज दाहाल, एशोसियट सचिव माधव ज्ञवाली, सदस्यहरुमा हेटौंडा औद्योगिक क्षेत्र सुकृतराज पराजुली र बहुर्राष्ट्रियबाट विक्रमकुमार सञ्जेल, निलम बजगाईं, मनहरी आरक्षणतर्फको सदस्य पदमा शंकरप्रसाद कालाखेती निर्विरोध भएका छन् । अग्रवालबाट भने वाणिज्यतर्फको महिला आरक्षण कोटामा निलम पाण्डे निर्विरोध भएका छन् । निर्वाचनमा २ हजार ९२ मतदाता रहेका छन्।