हेटौँडा ः नेपाली काङ्ग्रेस मकवानपुरले पुस १६ गते मेलमिलाप दिवस मनाउने भएको छ । सोमबार काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पत्रकार सम्मेलनको आयोजना गरेर मेलमिलाप दिवसको कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिनुभएको छ ।
काँग्रेसले विगतको वर्षदेखि मेलमिलाप दिवसको अवसर पारेर पुस १६ गतेका दिन कार्यक्रम आयोजना गर्दै आएको उहाँले बताउनुभयो । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुने कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा हेटौँडा आउनुहुने उहाँले बताउनुभयो । कार्यक्रममा मेलमिलापको नीतिका अवस्थाको महत्वकोबारेमा प्रस्तुतीकरण गर्नुहुने उहाँले बताउनुभयो । वीपी तत्कालिन समयमा छिमेकी मुलुक भारतबाट नेपाल फर्किँदा लिनु भएको मेलामिलाप नीति अहिलेसम्म पनि सन्र्दर्भीक भएको कारणले उक्त विषयलाई मेलममिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रष्ट्याइने उहाँले बताउनुभयो ।
कार्यक्रममा २ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । कार्यक्रममा काँग्रेसमा आवद्ध भएका पदाधिकारीहरुलाई सम्मान गरिने उहाँले बताउनुभयो । उहाँले मेलमिलाप कार्यक्रमको आयोजना गरेर मकवानपुरमा सम्मानको सुरुवात गरिने बताउनुभयो । विभिन्न पार्टीका लागि पदाधिकारीहरुलाई पहिलो चरणमा सम्मान गरिने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको पनि सहभागिता रहने उहाँले बताउनुभयो ।