रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ६२ औं वार्षिकोत्सवको अवसरमा हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको आयोजनामा हेटौँडा औद्योगिक क्षेत्रस्थित कार्यालय परिसरमा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । अहिले रगतको माग र वितरण व्यवस्थापन सहज रहेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले बताउनुभएको छ । हेटौँडा अस्पतालमा मिर्गौलाको डायलासिस गर्ने विरामीहरुका लागि ‘ए’ पोजेटिभ रगतको माग बढी भएकोले मागअनुसारको वितरण व्यवस्थापनका लागि भने बेला बेलामा अभाव हुने गरेको प्राविधिक सापकोटाले जानकारी दिनुभएको छ ।