रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः राष्ट्रिय कर दिवसको अवसरमा बुधबार हेटौँडामा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय हेटौँडाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा सातजना महिला र ४६ जना पुरुषले रक्तदान गरेको सापकोटाले जानकारी दिनुभयो ।