हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–७, काँकडाको जंगलमा अरिंगालको गोला टिप्न कोइरालाको रुखमा चढेका बीरबहादुर प्रजा अरिंगालले टोकेपछि रुखबाट लडेर घाइते भएका छन् ।

सोमबार दिउँसो ४ बजेको समयमा ३३ वर्षीय प्रजा रुखबाट लडेर घाइते हुँदा टाउको र शरीरको विभिन्न भागमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रजालाई उपचारका लागि चितवन जिल्लाको भरतपुरस्थित एक अस्पतालमा पुर्याइएको छ । घाइते प्रजाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।