Home मुख्य समाचार अरिंगालले टोकेपछि बीरबहादुर रुखबाट लडेर घाइते

अरिंगालले टोकेपछि बीरबहादुर रुखबाट लडेर घाइते

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–७, काँकडाको जंगलमा अरिंगालको गोला टिप्न कोइरालाको रुखमा चढेका बीरबहादुर प्रजा अरिंगालले टोकेपछि रुखबाट लडेर घाइते भएका छन् ।

सोमबार दिउँसो ४ बजेको समयमा ३३ वर्षीय प्रजा रुखबाट लडेर घाइते हुँदा टाउको र शरीरको विभिन्न भागमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रजालाई उपचारका लागि चितवन जिल्लाको भरतपुरस्थित एक अस्पतालमा पुर्याइएको छ । घाइते प्रजाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version