हेटौँडाः हेटौंडा अस्पतालका सेवाग्राहीहरुले आफ्नो मोबाइलबाटै अस्पतालको टिकट काट्न सक्ने भएको छ । टिकट लिन लामो समय लाइनमा बस्नुपरेको भन्दै निरन्तर आलोचना भइरहेको सन्दर्भमा हेटौँडा अस्पतालले मोबाइलबाटै टिकट काट्न सकिने व्यवस्था मिलाएको हो ।
कात्तिक १ गतेदेखि लागु हुने यो व्यवस्थामा सेवाग्राहीले आफूले छानेको समयमा टिकट लिएको विवरण बारेमा जानकारी गराई काउन्टरबाट कार्ड लिन सक्ने बताइएको छ ।
यसरी लिन सकिन्छ अनलाइनमार्फत टिकटः
#स्टेप 01: यो QR Scan गर्नुहोस् वा https://bit.ly/3pBt30i जानुहोस्, हस्पिटल लिस्ट (अस्पताल सूची) मा हेटौंडा अस्पताल छान्नुहोस् र download गर्नुहोस्।
#स्टेप 02: निवेदनमा आफ्नो मोबाइल नम्बर राखी दर्ता गर्नुहोस ।
#स्टेप 03: तपाइँले चाहनु भएको बिभाग (कुन बिभागमा जचाउनुपर्ने हो) सो छान्नुहोस् ।
#स्टेप 04: चिकित्सकको नामावली भएमा सो समेत छान्नुहोस् ।
#स्टेप 05: आफुलाई जचाउनुपर्ने दिनको मिति छान्नुहोस् ।
#स्टेप 06: तपाइँ यो अस्पतालको नयाँ वा पुरानो कुन बिरामी हुनुहुन्छ छान्नुहोस्, पुरानो भएमा अघिल्लो पटक जचाएको कार्ड हेरी तहाँ भएको हस्पिटल ID राख्नुहोस् ।
#स्टेप 07: नयाँ बिरामीले आवश्यक सम्पूर्ण विवरण भर्नुहोस् । यसै एप मार्फत परिवारको सम्पूर्ण सदस्यको व्यक्तिगत विवरण भरी आवश्यक परेको खण्डमा जो व्यक्तिलाई चाहिएको हो, सोहि व्यक्ति/बिरामीको लागि टिकट लिन मिल्ने छ ।
#स्टेप 08: नगदबाट जाँच गराउने हो भने Pay Now मा क्लिक गरी आफुलाई पायक पर्ने Payment Gateway छानेर पैसा तिर्नुहोस, वा नेपाल सरकारको स्वास्थ्य बिमा अन्तर्गत भए “म स्वास्थ्य बिमा कार्यक्रममा अनुबन्धित छु भनी स्वघोषणा गर्दछु” मा क्लिक गरी आफ्नो बिमा नम्बर राख्नुहोस् । बिमा नम्बर आफ्नो बिमा कार्डको माथिल्लो दायाँ पट्टि QR Code को तल रहेको हुन्छ । यो सुबिधा प्रयोग गर्न बिरामी वा बिमितको प्रथम सेवा बिन्दु “Hetauda Hospital”/ हेटौंडा अस्पताल अनिवार्य हुन पर्ने छ, नहुने बिरामीले रिफर कागजपत्र सहित यस अस्पतलमा नै गएर दर्ता गर्नु पर्ने छ ।
#स्टेप 09: अब आफुले छानेको मितिमा उक्त टिकट लिएको विवरण बताई अस्पतालको काउन्टरबाट कार्ड लिन सक्नु हुनेछ । बिमाको हकमा बिमा कार्ड, र नगदको हकमा बिरामीको नाम र दर्ता गरेको मोबाइल नम्बर आवश्यक हुनेछ। कार्ड लिनको लागि टोकन लिन पर्दैन, र ओपिडिमा चिकित्सक रहने समय भित्र पुगी कार्ड लिन सकिन्छ ।
#पुनश्च: जुन दिन जचाउनुपर्ने हो सो दिनको अघिल्लो रात १२:०० भित्र टिकट बूकिंग गरिसक्नुपर्ने छ, जचाउन पर्ने दिन बिहान वा सोहि समयमा टिकट बूकिंग गर्ने सुविधा हाललाई उपलब्ध छैन ।
बिलमा रहेको QR Code Scan गरेर दिइएको username र password प्रयोग गरी मोबाइलमै ल्याब रिपोर्ट हेर्न/पाउन सकिन्छ ।