हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला समितिमा १३ जना मनोनित भएका छन् । जिल्ला अधिवेशनको जिम्मेवारीसहित संयोजकको जिम्मेवारी प्राप्त गर्नुभएका किशोर केसीले उपसंयोजकमा अनिल लामा, सदस्यसचिवमा सुजित पोखरेल, कोषाध्यक्षमा सुजन श्रेष्ठलाई मनोनित गर्नुभएको छ । गत भदौ २५ गते केसीलाई जिल्ला तदर्थ समितिको संयोजकको जिम्मेवारी दिइएको थियो ।
केसीले सदस्यमा नवराज न्यौपाने, सरोज लामा, धनन्जय विष्ट, निरजल पुडासैनी, दिनेश थापा मगर, जिवनाथ फुयाँल, आयुष महत, सजन कार्की, प्रमोद भण्डारी र निरज भण्डारीलाई मनोनित गर्नुभएको छ । जिल्ला समिति २१ सदस्यीयसम्म निर्माण गर्न सकिने उल्लेख गर्नुहुँदै आवश्यकताअनुसार थप सदस्य मनोनित गरिने संयोजक केसीले जानकारी दिनुभएको छ । केसी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन गर्नुपर्नेछ । आगामी सातादेखि पालिका अधिवेशन सुरु हुने केसीले बताउनुभयो ।