हेटौंडाः पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२, कोलखोपस्थित श्री प्राथमिक विद्यालयको भवन भत्किएको छ । मंगलबार अविरल वर्षासँगै माथिबाट पहिरो खस्दा विद्यालयको भवन भत्किएको हो ।
पहिरोले ईट्टा, सिमेन्ट र जस्ताले बनेको भवनको दुई वटा कोठा भत्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोले कोठाभित्र रहेको फर्निचर र फाईलहरु पुर्ण रुपमा क्षति भएको र भवनसँग जोडिएको शौचालयमा समेत आंसिक रुपमा क्षति भएको जनाएको छ । घटनाबारे अध्ययन गर्न बुधबार दिउँसो १ बजे इप्रका ठिंगनबाट प्रहरी टोली खटिएको छ ।