सर्वज्ञा शर्मा बजगाई एसईई उत्तीर्ण विद्यार्थी, भुटनदेवी मावि

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतीजा सार्वजनिक भएको दुइ साता हुँदैछ । एसईईको नतीजाको विषयमा विविध कोणबाट टिप्पणी भएका छन् । एसईईको नतीजामा उत्तीर्ण हुने विद्यार्थीको दरलाई लिएर टिकाटिप्पणी भइरहेको छ । यसैबीच हेटौँडा–४ स्थित भुटनदेवी माविबाट एसईई उत्तीर्ण सर्वज्ञा शर्मासँग समृद्ध समाज दैनिकका लागि सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजा आयो । राम्रो नतीजा हासिल गरेको भन्दै शैक्षिक गुणस्तर सुधार समितिबाट सम्मानित हुनुभयो । नतीजाको विषयलाई लिएर परिवार र साथीसंगीको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
सर्वज्ञाः
एसईईमा मेरो ए ग्रेड आयो । नतीजालाई लिएर परिवारमा सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु । आफुले राम्रो नतीजा प्राप्त गरेको भएर धेरै खुसी पनि लागिरहेको छ ।

समाजः तपाइँले अपेक्षा गरेको नतीजा हो या अपेक्षा गरेको भन्दा राम्रो या नराम्रो हो ?
सर्वज्ञाः
अपेक्षा गरेको भन्दा त अझै कमजोर आएको हो । ए प्लस ल्याउने आश गरेकी थिएँ र मिहिनेत पनि त्यही अनुसारको गरेकी थिएँ । परीक्षामा हडबडिएँ । तरपनि यो यो नतीजा आएकोमा म खुसी नै छु ।

समाजः विषयगत हिसाबले कुन विषयमा कमजोर नतीजा आयो ? जसको कारणले तपाइँले अपेक्षा गरेको अनुरुप ए प्लस आएन ।
सर्वज्ञाः
मेरो नेपालीमा पनि पहिला भन्दा सुधार भएको हो । अरुभन्दा पनि यसपालि सामाजिक विषयमा अपेक्षा गरेको भन्दा कम नतीजा आएको हो । अरु विषयहरुमा पनि अझ मिहिनेत गर्नुपथ्र्यो जस्तो मलाई लागेको छ ।

समाजः तपाइँका साथीहरुको नतीजा चैं कस्तो आएको पाउनुभयो ?
सर्वज्ञाः
आ–आफ्नो मिहिनेतअनुसार नै साथीहरुको नतीजा आएको छ । राम्रो नतीजा आएको छ ।

समाजः अब कक्षा–११ को पढाई चाहिँ कुन विषय कसरी गर्ने भन्ने योजना बनाउनुभएको छ ।
सर्वज्ञाः
अहिले कक्षा–११ मा चाहिँ विज्ञान विषयमा बायोलोजी लिएर पढ्ने मैले विचार गरेकी छु ।

समाजः कक्षा–११ को विषय छनौटकै कुरामा बाबा पनि भुटनदेवी माविकै शिक्षक हुनुहुन्छ । तपाइँ आफ्नो रुचि अनुसार विषय छनौट गर्दै हुनुहुन्छ या घरपरिवारको सल्लाह अनुसार विषय छनोट गर्न लाग्नुभएको हो ?
सर्वज्ञाः
आफ्नै बुझाइले विषय छनौट गर्न लागेको हो । आफन्तहरुले चाहिँ के लिन्छौ, कसरी गर्छौ भन्ने कुरामा सल्लाह दिने गर्नुहुन्छ । मैले आफ्नै मनले विषय छनोट गरेको हो ।

समाजः अब पढाइ चाहिँ कहाँ गर्नुहुन्छ । हेटौँडामा नै बस्नुहुन्छ या कहाँ पढाइ गर्ने विचार छ ?
सर्वज्ञाः म
हेटौँडाकै भुटनदेवी माविमा अध्ययन गर्छु ।