हेटौँडाः बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले मन्त्रालय स्तरको आयोजना बैंक तयारी अवस्थामा रहेको बताउनुभएको छ । उहाँले योजना आयोगसंग समन्वय गरेर मन्त्रालयस्तरको आयोजना बैंकलाई परिचालन गर्न भुमिका खेल्ने बताउनुभयो ।
प्रदेशसभाको बिहीबार बसेको बैकठमा बजेट माथि उठेका प्रश्नको जवाफ दिँदै नागरिकको आवश्यकता र अपेक्षालाई समेट्न नसकिएको उहाँले बताउनुभयो । स्रोतको अभावका कारण सांसदहरुले माग गरे अनुसार बजेट व्यवस्था गरिएको उहाँको भनाई छ । बजेटमाथि हुने चलखेलका विषयमा मन्त्रालय र विभागिय मन्त्रीको हेसियतमा आफू सचेत रहेको उहाँले बताउनुभयो ।
‘नागरिकको घरघरमा शुद्ध खानेपानी, सिंचाई सुविधा पु¥याउन खानेपानी सरसफाई सुलभ वर्षको रुपमा मनाउने तयारी छ । सो अनुसार प्रत्येक जिल्लामा समस्या र आवश्यकताका बारेमा प्रदेश सांसद, स्थानीय तह र नागरिकहरुसंग छलफल गरी संचालन गर्ने मन्त्रालयको तयारी रहेको छ ।’ उहाँले भन्नुभयो, ‘मन्त्रालयले वहुवर्षे र साना तथा क्रमागत योजना संचादलको लागि कार्यालयहरुलाई सिलिङ पठाइएको छ । हाल खानेपानीका २० र सतह र भुमिगत सिंचाईका ७३ वटा गरी ९३ वटा योजनाहरु वहुवर्षे आयोजनाको रुपमा रहेको छ । ति योजनामा कुल बजेटबाट विनियोजन गरिएको छ ।’
बजेट छनौट गर्दा खानेपानी र सिंचाईका योजनाको प्राथमिकता तोकएको उहाँले बताउनुभयो । स्थानीय तहको सिफारिस, सांसदहरुको माग र आवश्यकताको आधरमा योजना छनौट गरिएको उहाँको भनाई छ ।