बागमती प्रदेश सभा सचिवालय ।

हेटौँडाः बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा कांग्रेस सांसदहरुलाई अनिवार्य उपसिथ्त हुन ह्वीप जारी गरिएको हो ।

कांग्रेस संसदीय दलको बैठकले सांसदहरुलाई प्रदेश सरकारको बजेटको विरुद्धमा मतदान गर्न ह्वीप जारी गरेको हो । बैठकले बजेट अन्तुलित र त्रुटिपूर्ण भएकाले स्वीकार गर्न नसकिने निश्कर्ष निकालेको संसदीय दलका प्मुख सचेतक गोविन्द लम्सालले जानकारी दिनुभयो ।

प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको विषयगत मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यसूचि रहेको छ ।