हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा अर्को एकै परिवारका ४ जना बिरामी भएको छ ।

सोमबार बिहान ११ बजे राक्सिराङ गाउँपालिका–८, लाचेमा जंगली च्याउ खाएर २१ वर्षीय भुवल प्रजा, भुवलकी श्रीमति २१ वर्षीया रतिमाया प्रजा, छोर ३ बर्षीय समिक प्रजा र भुवलका भाइ १८ बर्षीय पूर्ण प्रजा बिरामी भएको मकवानपुर प्रहरीले जनाएको छ । बिरामी चारै जनाको भरतपुरमा उपचार भइरहेको छ ।

आइतबार मात्रै राक्सिराङ गाउँपालिका ७ मा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका थिए । बिरामी मध्ये एकजनाको मृत्यु भएको थियो भने ४ जना गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचाररत छन् ।