अहिलेको समयमा इन्टरनेटको महत्व र सो विषयको जिज्ञासाको बारे चर्चा परिचर्चा हुनु स्वाभाविकै हो । किनकि इन्टरनेट प्रसस्त श्रोतको खानी हो भने नयाँ सूचना पाउने एउटा सहज माध्यम पनि हो । हाल आएर साइवर स्पेस हाम्रो भौतिक संसारको एक छवि बनेको छ । यसका राम्रा र नराम्रा दुवै पक्षहरु छन् । यसले मानव जीवनका कतिपय अवस्थालाई सहज बनाएको छ । इन्टरनेटमा मानवजीवनका लागि उपयोगी सूचना सामग्रीहरुका साथै हानीकारक सूचनाहरु पनि सँगसँगै प्रवाह भइरहेका हुन्छन् । जसको प्रत्यक्ष प्रभाव बालबालिका माथि पनि पर्न सक्दछ ।

यसै सन्दर्भमा इन्टरनेटमा बालबालिकामाथि कसरी दुव्र्यवहार हुन्छ ? उनीहरुको इन्टरनेटमा के भइरहेको छ भन्ने बारेमा थाहा पाउनु जरुरी छ । आमजनता, अभिभावक, शिक्षक, बालबालिका लगायत तमाम समुदायलाई इन्टरनेट अनलाइन र यसबाट बालबालिका माथि पर्न सक्ने जोखिमका बारेमा सचेतना अभिबृद्धिका साथै यसबाट कसरी जोगिने भन्ने बारेमा जानकारी गराउनु जरुरी छ । किनकि अहिले इन्टरनेट अनलाइनका बारेमा अभिभावकहरुमा आवश्यकीय ज्ञान नहुँदा उनीहरुले सही रुपमा आफ्ना बालबालिकालाई निर्देश गर्न सकिरहेका छैनन् । त्यसैगरी इन्टरनेट सेवा प्रदायकहरु, साइवर क्याफे संचालक तथा सरकारका जिम्मेवार निकायहरुसँग छलफल गरी नेपालमा इन्टरनेट अनलाइनबाट नेपाली बालबालिकाहरुलाई जोगाउन के कस्तो पहलहरु गर्न सकिन्छ भन्ने बारेमा बृहत रुपमा छलफल गर्नुका साथै सरकारले यसका सन्दर्भमा अध्ययन गरी यसका बारेमा छुट्टै नीति र कानुन बनाएर यसका असरलाई रोक्न सक्दछन् ।

इन्टरनेट कसरी बालबालिकाका निम्ति जोखिमपूर्ण हुन सक्दछ ?
बाल अश्लिलताः बाल यौन दुव्र्यवहार एक जघन्य अपराध हो । इन्टरनेटमा लगभग एक लाखको हाराहारीमा बाल अश्लिलताले भरिपूर्ण वेभसाइटहरु छन् जसमा दश लाख बाल यौन शोषणका दृष्यहरु रहेका छन् । बाल अश्लिलता प्रयोग र यसको माग पछिल्लो केहि समययता तीव्र गतिले बढेको देखिन्छ । जसमा साना भन्दा साना उमेरका बालबालबालिकाहरु बढी हिंसात्मक ढंगले प्रस्तुत गरिएको छ । बाल अश्लिलता हेर्नाले वास्तविक बाल दुव्र्यवहार गर्न उक्साउँछ र दबिएका हिंस्रक चाहना बाहिर ल्याउँछ ।
– हानी पु¥याउने मनसायले सम्बन्ध गाँस्ने ।
– अश्लिल तथा अन्य हानिकारक सामग्री अवलोकन पहुँच÷प्रभाव ।
– साईवर हेपाई र साइवर स्पेसले गर्दा हुने सामाजिक प्रभावः आफ्नो स्व–पहिचान मलाई कसैले देख्दैन, चिन्दैन भन्ने सोचले हाम्रो सामाजिक मापदण्ड खस्किँदै गइरहेको छ ।
– अनलाइन खेलहरु र यसको लत ।

साइवर अनलाइन अनुसन्धान सम्बन्धी जानकारीः
– साइवर अनलाइनमा बालबालिकाहरुको प्रयोग अत्यधिकरुपमा भइरहेको सन्दर्भमा सिविन नेपालले सन् २०२२ मा १० वटा मुख्य शहरहरु काठमाडौं, भरतपुर, पोखरा, बुटबल, हेटौँडा, वीरगंज, धरान, विराटनगर, नेपालगन्ज, ललितपुर, भक्तपुरलाई समेटेर अनुसन्धान गरेको थियो । नेपालमा यस विषयमा अनुुुसन्धान निक्कै कम मात्रामा भएको पाइन्छ । किनकी यसलाई समाजले समस्याको रुपमा लिन सकेको छैन जब की यसले शहरमा भने विकरालरुप लिइसकेको छ ।
– यस अनुसन्धानमा १४३० जनालाई प्रश्न सोधिएको थियो ।
– १४३० जना मध्ये ८२ प्रतिशतले इन्टनेट प्रयोग गर्ने गरेको पाइयो भने ९४.७ प्रतिशत निजी विद्यालयमा अध्ययनरत र ५८.३ प्रतिशतले सरकारी विद्यालयमा अध्ययन गर्ने गरेका पाइए ।
– जस मध्ये इन्टरनेट प्रयोग गर्ने ७४ प्रतिशत बालक र ९१ प्रतिशत बालिका थिए ।
– जस मध्ये इन्टरनेट प्रयोग गर्ने ६३ प्रतिशतले साइवरमा र ५१ प्रतिशतले घरमै बसेर प्रयोग गर्ने प्रतिक्रिया दिएका छन् ।
– जस मध्ये इन्टरनेट प्रयोग गर्ने २६.३ प्रातिशत बालक र ७३.७ प्रतिशत बालिकाहरुले आफ्नो सम्पूर्ण विवरण अपरिचित व्यक्तिलाई दिएको पाइयो ।
– जस मध्ये इन्टरनेट प्रयोग गर्ने ९९ प्रतिशत बालबालिकहरुले यौनजन्य सामग्रीहरु हेर्ने गरेको पाइयो ।
– निष्कर्षमा अत्यधिक बालबालिका तथा किशोर–किशोरीहरुले यौनजन्य सामग्रीहरु इन्टरनेटबाट हेर्ने गर्दछन् जसको कारण बालबालिकाहरु भोलि कुलतमा लाग्ने सम्भावना बढि हुन्छ ।

अनलाइनका बारेमा बालबालिकाको अनुभवः
नेपाली बालबालिकासँग गरिएको छलफलबाट मुख्यतया उनीहरुको इन्टरनेट अनलाइन सम्बन्धी अनुभव विश्वका अन्य बालबालिका भन्दा खासै फरक देखिँदैन । उनीहरुकै अनुभव अनुसार बालबालिकाहरु इन्टरनेटमा अश्लिल दृष्यहरु हेरेका वा देखेका छन् जसले गर्दा उनीहरुलाई निकै असहज हुने गरेको छ । कतिपय युवतीहरु जब इन्टरनेट अनलाइनमा च्याटिङ गर्दछन् त्यतिखेर अधिकांशले आफुले नचिनेका व्यक्तिसँग कुराकानी गर्दछन् । यसक्रममा त्यस्ता व्यक्तिहरुले विभिन्न खालका अश्लिल शब्दहरुको प्रयोग समेत गर्ने गर्दछन् । यो सामान्यतया विश्वका सबैजसो ठाउँमा हुने गरेको छ, जुन यहाँ पनि रहेको पाइएको छ । कतिपय अवस्थामा यस्तो पनि पाइएको छ कि, इन्टरनेटमा च्याट गर्दा कुनै युवक वा युवतीले आफ्नो उमेर समुहका व्यक्तिलाई राम्रो साथी ठानी कुराकानी गर्दछन् ।

यसक्रममा उनीहरुले कुनै ठाउँमा भेट्ने समय समेत मिलाउने गर्दछन् । यसमा रोचक कुरा यो छ की, जब उनीहरु कुनै एकान्तमा भेट्न खोज्दछन् तब आफुले भेट्न खोजेको मानिस आफुले सोचेको भन्दा बृद्ध वा फरक देख्दा त्यहाँबाट तुरुन्त भाग्ने गरेको समेत पाइएको छ । तर कतिपय अवस्थामा यदि केटी मानिसले एक्लै भेट्न खोजेको खण्डमा भने जोखिम पनि हुन सक्दछ । उनीहरुकै अनुभवमा अधिकांश किशोर–किशोरीहरुले आफ्ना सम्पूर्ण व्यक्तिगत विवरणहरु जस्तै ठेगाना, फोन नम्बर, इमेल तथा उनीहरुले पढ्ने विद्यालय आदि इत्यादी अरुलाई बाँड्ने गर्दछन् । किनकि, यसका असरका बारेमा उनीहरु आवश्यकीय रुपमा सचेत छैनन् । कतिपय अवस्थामा उनीहरुसँग इन्टरनेटमा च्याट गर्ने व्यक्तिले यिनै कुराहरु मार्फत हानी पनि पु¥याउन सक्दछन् । इन्टरनेटमा आफ्ना बालबालिकाहरुले के कस्ता कुराहरु हेरिरहेका छन् भन्ने बारेमा अभिभावकहरुमा पनि पर्याप्त जानकारी हुँदैन ।

इन्टरनेटको असरबाट कसरी जोगिने त ?
बालबालिकालाई कसैले पनि आफ्नो गोप्य व्यक्तिगत विवरण दिनु हुँदैन । किनकि यस्तो विवरणहरु गलत नियत भएका मानिसहरुले कसैलाई पनि सताउन सक्दछ । बालबालिकाले इन्टरनेट प्रयोग गर्दा यदि कुनै नराम्रो अनुभव गरेको भए आफू भन्दा वयस्क मानिसहरु तथा आफूले विश्वास गर्ने नजिकको मानिससँग भन्ने गर्नु पर्छ । यदि, तपाईले इन्टरनेट अनलाइनमा च्याट गर्दा कसैले तपाईलाइ अश्लिल चित्र, सामग्री वा अश्लिल शब्द प्रयोग गर्ने गरेको छ भने आफ्नो विश्वासी अभिभावक, आफन्त तथा शिक्षक आदिलाई बताउनु पर्छ । किनकी यो तपाईको गल्ती होइन । तपाइले एउटा कुरालाई भने सदैव ध्यान दिनुपर्दछ, कुनै पनि कुरा इन्टरनेटमा पठाउनु भएको छ भने त्यो सबैको निम्ति सार्वजनिक भएको हुन्छ । त्यसैले विचार पु¥याउनुहोस् कुनै पनि कुरा इन्टरनेटमा पठाउनु भन्दा पहिले आफ्नो गोप्यतालाई पनि ध्यान दिनुहोस् ।

तत्काल चाल्नु पर्ने कदमहरु
– नेपालमा यस विषयको बारेमा चेतना अभिवृद्धि गर्नु पर्ने ।
– अहिलेसम्म यो विषयमा कुनै अनुसन्धान नभएकोले अनुसन्धानको जरुरी छ ।
– सरकारी तथा गैरसरकारी क्षेत्रबाट यस विषयलाई लिएर कुनै प्रकारका कदम चालिएका छैनन् ।
– यो विषयमा नियम÷कानुन अथवा साइवर कानुनको कमी छ ।
– स्थिति गम्भीर हुनु अघि नै कदम चाल्न जरुरी छ ।

वास्तवमा अभिभावकहरुले पनि आफ्ना बालबालिकाले इन्टरनेटको कसरी प्रयोग गरिरहेका छन् भन्ने बारेमा निगरानी राख्न जरुरी छ । कतै आफ्ना बालबालिकाले इन्टरनेट चलाउने नाममा विभिन्न खालका गलत साइट वा गेमहरुको प्रयोग त गरिरहेका छैनन् ? आफ्ना बालबच्चाहरुले इन्टरनेटमा कस्ता कुराहरु अवलोकन गरिरहेका छन् याद राख्ने हो कि ?
– ईन्टरनेटको लत एक किसिकमको रोग हो यसलाई इन्टरनेट एडिक्सन डिसअर्डर भनिन्छ ।
– समयको बेवास्ता र अरुचि ।
– ईन्टरनेट प्रयोगका दौरानमा अबरोध आएमा रिसाउने ।
– पटक–पटक ईमेल र सामाजिक सञ्जालहरु चेक गरिरहने ।
– ईन्टरनेट पहँुच नभएमा झर्को मान्ने ।

इन्टरनेटमा एकपटक शेयर गरिएको विषयवस्तु कहिले पनि मेटिँदैन । हामीले यसलाई मेटाए पनि, एक पटक अपलोड भएको भिडियो र तस्वीरहरू इन्टरनेटमा सधैंभरि रहन्छ । यो हाम्रो जानकारी बिना डाउनलोड/रेकर्ड/वितरण गर्न सकिन्छ ।
(ज्ञवाली बालहेल्पलाइन मकवानपुरका प्रबन्धक तथा बागमती प्रदेश बालअधिकार समितिको सदस्य हुनुहुन्छ ।)