हेटौँडाः भुटनदेवी एल्मुनाई एशोसिएसन, रोटरी क्लब अफ हेटौँडा, भुटनदेवी माध्यमिक विद्यालय र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
शुक्रबार भएको शिविरमा कक्षा ७ र ८ मा अध्ययतरत ३ सय ८७ जना विद्यार्थीको आँखा जाँच गरिएको छ । अन्य विद्यार्थीका लागि जेठ २७ गते फेरि शिविरको आयोजना गरिने बताइएको छ । भुटनदेवी माविका पूर्व प्रधान्याध्यापक विशालकुमार विडारीको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन कार्यक्रम भएको थियो । रोटरी क्लबका सेवा शाखाका संयोजक सुदर्शन ढकालको संयोजकत्वमा आँखा शिविर भएको हो । यसअघि निशुल्क दन्त शिविर पनि आयोजना गरिएको थियो ।