जनज्योति माविका प्रधानाध्यापक भोगेन्द्र लुइटेल आफ्नो प्रस्तुती राख्नुहुँदै ।

शैक्षिक सत्र २०८० मा हामीले शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गरेका थियौं । शैक्षिक सुधार र भौतिक सुधारसँग सम्बन्धित दुई पक्षका योजनाहरु रहेका छन् । शैक्षिक योजनामा ७ कक्षासम्म अङ्ग्रेजी माध्यम रहेकोमा ८ कक्षासम्म लैजाने योजना पूरा गर्यौ । त्यसैगरी पाँच महिना अतिरिक्त कक्षा सञ्चालन गर्ने कार्ययोजना सम्पन्न भयो भने दोस्रो त्रैमासिक परीक्षा पश्चात ३, ४, ५ र ६ का सिकाई उपलब्धि कमजोर भएका बालबालिकाहरूलाई दुई महिना उपचारात्मक कक्षा सञ्चालन गर्यौ ।

विद्यार्थी–शिक्षकको सहकार्यमा शैक्षिक सामग्री निर्माण, प्रदर्शन र प्रयोगको योजना सहकार्यको आधारमा सम्पन्न गर्यौ । भौतिक पक्षमा सामान्य फर्निचर निर्माण, पुस्तकालय व्यवस्थापन, सिसी क्यामेरा जडान गर्ने योजना विभिन्न कार्यविधि अपनाएर सम्पन्न गर्यौ। जसमा सिसि क्यामरा २५ वटा जडान गर्ने योजना भए पनि ७ वटा जडान भएको छ । पालिकाबाट शिक्षक दरबन्दी प्राप्त नभएपनि वडाबाट स्वयम्सेवक शिक्षक प्राप्त गर्यौ। सिकाई तथा पढाईप्रति केही हदसम्म आकर्षण गर्न सकिएको छ । समग्रमा ७५ प्रतिशत योजनाहरु पूरा भएको छ ।

आर्थिक विपन्नता, अभिभावकमा भर पर्नुपर्ने, आर्थिक मन्दीका कारण विद्यालय पनि यसको चपेटामा परेको थियो । आवश्यक परामर्श सेवा दिन नसकेको, अभिभावकलाई सचेत गराउने नसक्नु हाम्रा चुनौति हुन् । शैक्षिक सत्र २०८० को सिकाई उपलब्धी अभिभावकले अपनत्व लिने सिकाई प्राप्त भएको छ । नतिजा प्रकाशनको बेलामा ग्रेडसिट र कपी वितरण गर्ने व्यवस्थाले गर्दा अभिभावक शिक्षकसँगको सम्बन्ध राम्रो भयो । त्यसैले यसलाई निरन्तरता दिनुपर्ने सिकाई रह्यो । समुदाय खेलकुदप्रति आकर्षित भएको हुनाले जनज्योति तेक्वान्डो डोजाङ भनेर गठन गरी विद्यार्थीलाई अनुशासित बनाउन सक्यौं । विभिन्न संघसंस्थाहरूबाट छात्रवृत्ति, स्टेशनरी प्राप्त गर्न सकिने सिकाई प्राप्त ग¥यौं । परीक्षा प्रणालीमा सुधार ल्याउन अझै तालिमको आवश्यक भएको सिकाई र उपचारात्मक कक्षालाई अझै निरन्तरता दिनुपर्ने सिकाइ रह्यो ।

शैक्षिक सत्र ८१ मा शिक्षकलाई पुनर्ताजकी तालिम, अभिभावकसँग अन्तरक्रिया गर्ने योजना रहेको छ । स्थानीय सरकारबाट प्राप्त हुने भएकोले प्रत्येक कक्षामा सिसिटिभी क्यामेरा जडान गरिने छ । कक्षा ८ सम्म अङ्ग्रेजी माध्यम रहेकोले अब विद्यालयलाई कक्षा ९ सम्म अङ्ग्रेजी माध्यममा चलाउने, विशेष प्रकारका अन्तरक्रिया गोष्ठी छलफल कार्यक्रमलाई अगाडि बढाउने योजना रहेको छ । शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी प्रयोगलाई निरन्तरता दिने, घेराबार पर्खाल निर्माण गर्न बाँकी रहेकोले विभिन्न तहका सरकारसँग योजना प्रस्ताव गर्ने, केहि योजनाहरू कार्यविधि बनाएर कार्यरूपमा लैजाँदा तालिम बालकक्षादेखि लिएर ग्रेडसँग सम्बन्धित प्रशिक्षक ल्याएर कार्यरूप दिने, अभिभावकसँग निजी स्रोतका शिक्षकहरूका व्यवस्थापन गर्ने, अन्य ठूला योजनाका लागि ठूलो क्षमता भएका पक्षसँग जाने योजना रेहेको छ । विभिन्न किसिमका अराजनीतिक क्रियाकलाप, दरबन्दी सम्बन्धी संख्या घटबढ, विद्यार्थी संख्या घटबढ हुने कुरा चुनौती रहेको छ । नगरपालिकाले विभिन्न पेशागत तालिम दिनुुपर्ने, शिक्षामा लगानी बढाउनु पर्ने कुरामा जोड रहेको छ । विद्यालयमा स्थायी शिक्षक ११, निजी स्रोत शिक्षक ६, राहत अनुदान ९, बालविकास २, वडा स्वयम्सेवक १ गरी २८ जना रहेको र विद्यार्थी ६ सय १२ जना रहेका छन् ।

(२०८० चैत २५ गते आयोजना गरिएको कार्यक्रममा हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को योजना प्रस्तुती कार्यक्रममा प्रधानाध्यापक भुपेन्द्र चौलागाईले प्रस्तुत गर्नुभएको विवरणको सम्पादित अंश)