हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–३, सिद्धकालीमा रहेको प्रजा आधारभुत विद्यालयको ३७ औ अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि अभिभावक भेला सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक तुल बहादुर सुनारले जानकारी दिनुभयो ।
अभिभावक भेलामा १ देखी ८ कक्षा सम्म प्रथम द्धितिय र तृतिय हुनेलाई पुरस्कार वितरण गरिएको थियो । अभिभावक भेलामा विद्यालयको लेखा परिक्षण प्रतिवेदन विद्यालयका प्रअ तुल बहादुर सुनारले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा २०८१ को कार्ययोजनाहरु शैक्षीक गुणस्त वृद्धि गर्ने, आर्थिक पक्षलाई जोड दिने, आर्थिक, भौतीक, शैक्षीक क्षेत्रमा विद्यालय व्यवस्थापन समितीको हेर विचार रहने, मासिक परिक्षा लिने र विद्यार्थी विद्यालय पोषाकमा अनिवार्य उपस्थिती हुनु पर्ने कुरामा छलफल भएको विद्यालयका प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो ।
अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चेपाङको सभाध्यक्षता तथा मनहरी गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगरको अध्यक्षतामा भएको थियो । साथै मनहरी गाउँपालिका स्रोत शिक्षक विदुर विक्रम थापा, प्रतिनिधीहरु, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु र जनप्रतिनिधीको उपस्थिती रहेको थियो ।
१–८ कक्षा सम्म पठनपाठन हुने विद्यालयमा यस वर्ष ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । अघिल्लो वर्षको ५७ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण भएका थिए । आधारभुत तहको परिक्षा यस वर्ष २५ जना विद्यार्थीले दिएकोमा २३ जना उत्तिर्ण भएको उहाँले जानकारी दिनुभयो । विद्यालयले बैशाख २ गतेबाट भर्ना अभियान सुरु गर्ने र नयाँ पाठ्य पुस्तक वितरण गर्ने छ ।