हेटौँडाः कपडा तथा तयारी पोशाक ब्यवसायी संघ मकवानपुरको स्थापना दिवसको अवसरमा मामाघर नेपाललाई सहयोग गरेको छ। सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको हेटौँडा–११ स्थित मामाघर नेपाललाई नगद १० हजार रुपैयाँ सहयोग गरिएको हो । शुक्रबार मामाघर नेपालमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो ।
संघका जिल्ला अध्यक्ष नेत्रप्रसाद खतिवडाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे, घर बहाल ब्यवसायी संघ मकवानपुरका अध्यक्ष समीर डंगोल, मकवानपुरे समाजका अध्यक्ष अरुण गुरुङको उपस्थिति रहेको थियो। सहयोग हस्तान्तरणसँगै नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम समेत भएको थियो ।