हेटौँडाः हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा नवीन सिग्देल चयन हुनुभएको छ । मंगलबार विद्यालय व्यवस्थापन समितिको बैैठकले सिग्देललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । वडा प्रतिनिधिको रुपमा विद्यालय व्यवस्थापन समिति सदस्यमा सहभागी हुनुभएका सिग्देल वडा अध्यक्ष समेत हुनुहुन्छ ।
गत पुस २९ गते अभिभावक भेला सम्पन भए पनि विद्यालय व्यवस्थापन समिति चयन गर्न सकेको थिएन । २ जना खुलातर्फ १४ जना र २ जना महिलातर्फ २० जनाको उम्मेदवारी परेपछि अभिभावकबाट विद्यालय व्यवस्थापन समिति सदस्य चयनमा हुन सकेको थिएन । अभिभावक, व्यवस्थापन समितिका सदस्यहरुको अपेक्षा र आफ्नो पनि शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने निर्णय गरेको सिग्देलले बताउनुुभयो ।
मंगलबार बिहान विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर व्यवस्थापन समिति चयन भएको विवरण सार्वजनिक गरिएको थियो । विद्यालय व्यवस्थापन समितिमा अभिभावकतर्फबाट नारायण तिमल्सिना, कृष्ण कँँडेल, गोमा सुनार र दिना श्रेष्ठ सर्वसम्मत चयन भएका थिए । व्यवस्थापन समितिले राजेन्द्र्र बास्ताकोटी र राधिका चौलागाईलाई सदस्य मनोनित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष सिग्देलले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आफू क्रियाशील रहने बताउनुभएको छ । आफू समग्र वडाकै शैक्षिक सुधारको अभियानमा रहेको उल्लेख गर्नुहुँदै वडाको शैक्षिक सुधारमा भुटनदेवी मावि अगुवा विद्यालयको रुपमा विकसित गर्दै लैजाने उहाँले स्पष्ट पार्नुभएको छ । विद्यालयका पूूर्वप्रधानाध्यापक स्वर्गीय डेन्टी जंग शाहको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी विपन्न विद्यार्थीलाई ात्रवृत्ति तथा शैक्षिक सहयोग गर्ने अध्यक्ष सिग्देलले घोषणा गर्नुभएको छ । १२ कक्षासम्म पठनपाठन हुने भुटनदेवी माविमा दुई हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।