हेटौंडाः कैलाश गाउँपालिकामा निःशुल्क बन्ध्याकरण हुने भएको छ । आगामी बिहीबार गाउँपालिकाको आयोजना तथा बालविकास कार्यक्रम संस्थाको प्राविधिक सहयोगमा निःशुल्क बन्ध्याकरण शिविर हुने भएको हो ।
बन्ध्याकरण शिविर कैलाश–१० स्थित भाल्टार ख्रिष्टियन चोकमा बिहान ९ बजेदेखि सुरु हुने भएको छ । शिविरमा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाले चिकित्सकको व्यवस्था गर्ने भएको छ ।
शिविरबाट जन्मदर नियन्त्रण गर्नुका साथै सन्तानको रहर पुगिसकेका दम्पत्तिहरुले स्थायी बन्ध्याकरणको सुविधा लिन सक्नेछन् । यस्ता शिविरबाट जनसंख्याको व्यवस्थापनसँगै गरिबी निवारणमा पनि सहयोग पु¥याउने बताइएको छ ।