शिविरमा आँखा परीक्षण गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः कैलाश गाउँपालिकाको कटुञ्जे स्वास्थ्य चौकीमा आज मंगलबार निःशुल्क आँखा शिविर हुने भएको छ । कैलाश ग्रामीण आँखा उपचार केन्द्रको आयोजनामा बिहान १० बजेबाट निःशुल्क आँखा परीक्षण शिविर हुन लागेको हो ।

कैलाश गाउँपालिकामा दोस्रो पटक निःशुल्क आँखा शिविर हुन लागेको हो । गत वर्ष भएको शिविरमा आँखा जाँच गर्दा २१ जनाको आँखामा समस्या देखिएपछि शल्यक्रिया भएको कैलाश गाउँपालिकाको स्वास्थ्य चौकीका प्रमुख आशा गुरुङले जानकारी दिनुभयो । आँखामा समस्या हुन नदिने र समस्या भएकाको राम्रो उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरेको गुरुङले बताउनुभयो ।