हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका पुनः डाक्टरबिहिन बनेको छ । गाउँपालिकाले सञ्चालन गरेको राक्सिराङ आधारभूत अस्पतालका डाक्टर (मेडिकल अधिकृत) गजल पन्तले राजिनामा दिनुभएपछि राक्सिराङ गाउँपालिका डाक्टरबिहिन बनेको हो । डा. पन्तले गत भदौ दोस्र्रो सातादेखि सेवा सुरु गर्नुभएको थियो । डा. पन्तले राजिनामा दिनुभएपछि माघ दोस्रो सातादेखि राक्सिराङ गाउँपालिका डाक्टरविहिन बनेको राक्सिराङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिनुभएको छ । डा. पन्तले सेवा सुरु गर्नुअघि करिब एक वर्ष राक्सिराङ गाउँपालिका डाक्टरविहिन अवस्थामा थियो । राक्सिराङ गाउँपालिकाले आज एक सूचना प्रकाशित गरेर मेडिकल अधिकृत नियुक्तिको प्र्रक्रिया सुरु गरेको छ । अल्पसंख्यक विपन्न चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिका स्वास्थ्य सेवामा कमजोर अवस्थामा छ ।