हेटौंडाः नेकपा एमालेसम्वद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा रञ्जिता सिलवाल निर्वाचित हुनुभएको छ । शनिबार भएको १६ औँ नगर सम्मेलनले सिलवालको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।
अनेमसंघ नगर कमिटीको उपाध्यक्षमा रेणु विक, सचिवमा रेनु गुरुङ, सहसचिवमा पार्वती बिडारी र कोषाध्यक्षमा सपना विक चयन हुनुभएको छ । दोस्रो कार्यकालका लागि निर्वाचित सिलवालले महिला हिंसा न्यूनीकरण गर्ने र महिलालाई विभिन्न क्रियाकलापमा सहभागी गराउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
२ वर्षे कार्यकालमा पार्टीलाई सहयोग गर्ने, महिलाहरुबीच रचानात्मक कार्यक्रम गर्ने, दिदीबहिनीहरुलाई आर्थिक काममा सहभागी गराउने, महिला अधिकारको पक्षमा पैरवी गर्ने र संगठन विस्तार गर्ने योजना रहेको अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।