हेटौंडाः विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । बिहीबार प्रदेशको चितवन, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ बेलचोकमा आश्रममा आश्रीत एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–६ ब्रमदेब चोक स्थितबाट दिव्यनगर घर बताउने ६० वर्षीय राजकुमार गुरुङ्ग रहेको प्रहरीले जानकारी दिएको छ । गुरुङ्गलाई पुस १२ गते उद्धार गरि मानव सेवा आश्रममा राखिएकोमा बिहबिार मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको कालिका नगरपालिका–१, मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संगमटोलका ५४ वर्षीय दिर्घ बहादुर केसी रहेको प्रहरीले जानकारी दिएको छ । केसी बिहीबार दिउँसो १ बजेको समयमा चतुरमुखि सामुदायिक जंङगलमा भेलदारको रुखबाट घाँस काटने क्रममा लडी घाईत भएका थिए । घाइते केसीलाई उपचारको लागी सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा ३ बजेर २५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका–१ अमलेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय कर्ण सिंह लो रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार लो कच्चि रोडको भिरबाट ७५ फिट तल लडी घटना स्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ निँगुगाउँमा सुतेको ठाँउमा एक जान मृत फेला परेको छन् । मृत फेला पर्नेमा ४२ वर्षीया सानु कान्छी तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ बुधबार बेलुका खाना खाएर सुतेकामा बिहीबार बिहान ८ बजेको समयमा मृत फेला परेको थिईन । तामाङको श्रीमान ५३ वर्षीय विर बहादुर तामाङ र ४ दिनको बच्चालाई उपचारको लागी भोटेचौर स्वास्थ चौकीमा लगिएको दुबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागी नगर अस्पताल मेलम्ची लगिएको छ ।