सांकेतिक चित्र ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–४ लम्कना विचटोलमा विजुली सर्ट भई आगलागी हुँदा २ लाख बराबरको क्षती भएको छ । बिहीबार दिउँसो २ बजेको समयमा स्थानिय ३० वर्षीय नारायण फेवाली मगर घरमा आगलागि भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

आगलागीबाट मगरको काठ र फुसको छानो भएको १ तले कच्चि घर भित्र रहेका लत्ताकपडा, अन्नपात, भाडावर्तन, र काठहरु जलि पुर्णरुपमा नष्ट भएका थियो । स्थानिय र प्रहरीको सहयोगमा दिउँसो ३ बजेर ५० मिनेटको समयमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानविय र चौपाय क्षेति नभएको प्रहरीले जानकारी दिएको छ ।