गुगल तस्विर ।

हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, दासढुङगामा गम्भीर हृदयघात भएर भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत महाराष्ट्रका ५४ वर्षीय जाकेर उस्मान मिर्जा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बुधबार काठमाडौं जाँदै गरेको भारतीय एनएल ०१ एसि १२४६ नम्बरको कन्टेनरमा यात्रा गरेर आएका मिर्जालाई एक्कासी अप्ठ्यारो हुँदा कन्टेनर रोकी साथीले उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।