गुगल तस्विर ।

हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५, विष्णुचोकमा साईकलबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कोहल्बी घर भई हाल भरतपुर महानगरपालिका–१५, भद्रकालीटोलमा बस्ने ५० वर्षीय देवेन्द्र चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

चौधरी बुधबार बिहान ९ बजेर ४५ मिनेटको समयमा आफैँले चलाएको साइकलबाट लड्दा घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार बिहान १० बजेर १५ मिनेटको समयमा मृत्यु भइको प्रहरीले जानकारी दिएको छ ।