रिट निवेदन खारेजी सम्बन्धी फैसलासम्बन्धी सूचना ।

हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा बजार क्षेत्रका घरधनीले राजमार्ग विस्तार रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज भएको छ । न्यायाधीश शारङ्गा सुवेदी र सुशील कुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो । रिट निवेदकले विपक्षीको रुपमा डिभिजन हेटौँडा र जिल्ला प्रशासन कार्यालय मकवानपुर बनाएका थिए ।

सडक विस्तारको कार्य प्रभावित हुने गरी सर्वोच्चमा परेको रिट निवेदन खारेज भएसँगै हेटौँडा बजारको सडक विस्तार हुने अपेक्षासहित सामाजिक सञ्जालमा अधिकांशले सकारात्मक टिप्पणी गरेका छन् । सडक विस्तारसँगै बजार विस्तार हुने र हेटौँडाको सामग्र विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षासहित सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी भइरहेको छ ।